सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको खप्तड कलेजका विद्यार्थी आन्दोलित

२०७६ वैशाख ११, १०:३६ खबर संवाददाता

धनगढीमा रहेको खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सेजका विद्यार्थी आन्दोलित भएका छन्। हेल्थ साईन्सको स्वास्थ्य सहायक (एचए) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु हेल्थ साईन्सले आफू अनुकुलको अस्पतालमा प्रशिक्षार्थी (ओजीटी) का लागि पठाउन थालेको भन्दै आन्दोलित भएका हुन्। झण्डै एक महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीले हेल्थ साईन्समा गरेको तालाबन्दी गरेका छन्। स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत अनिल रोकायाले हेल्थ साईन्सले ओजिटीका लागि अत्तरियाको पद्यमा अस्पतालमा पठाउन लागेकाले आन्दोलन गर्नुपरेको बताए।

पद्यमा अस्पतालमा विरामीको चाप नै नहुने भएकाले आफूहरुले सेती अस्पतालमा पठाउन भन्दै गरेको माग सुनवाई नगरेपछि आन्दोलन गर्न परेको बताए। तर क्याम्पसले ताल्चा भाचेका भन्दै विद्यार्थीहरु थप आक्रोशित भएका छन्। यता खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सका प्रिन्सीपल भुवन ठकुराठीले भने पद्यमा अस्पतालबाट प्रशिक्षार्थीका लागि स्वीकृति लिइसकेको बताएका छन्। उनले सेती अस्पतालले प्रशिक्षार्थीका लागि स्वीकृति नदिदा समस्या भएको बताए।

कमेन्ट लोड गर्नुस