सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइसिसी महिला टि–२० विश्वकपमा नेपालको दोस्रो जित

२०८० भदौ १५, ०४:३६ खबर संवाददाता

काठमाडौँः  आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

मलेसियाको क्वालालम्पुरमा शुक्रवार भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा ग¥यो। नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन्। उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन्। त्यस्तै  सीता रानामगरले अविजित २ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन बनाएको थियो।

बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन्। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन्। कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो। अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस