सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेका २२ नेता एक साथ चीन भ्रमणमा जाने (सूचीसहित)

२०८० भदौ १५, ०४:१६ खबर संवाददाता

काठमाडौँः  नेकपा एमालेका २२ नेता एक साथ १२ दिने चीन भ्रमणमा जाने भएका छन्। महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्न लागेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली शनिबार राती त्यसतर्फ प्रस्थान गर्नेछ। भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता समेत रहेका छन्।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने जनाएको छ। भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने एमालेको प्रवाश विभागले जनाएको छ। भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।

भ्रमण टोलीमा शंकर पोखरेल, महासचिव, डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख, राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख, ज्वालाकुमारी साह, प्रतिनिधिसभा सदस्य, रामबहादुर मगर (राम राना), रहेका छन्। यस्तै टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ, सहदेव बोगटी, केन्द्रीय सदस्य, निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य, मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, लक्ष्मणकुमार शर्मा रहेका छन्।

साथै पिताम्बर भूषाल, क्षितिज थेवे, समिककुमार बडाल, गोपाल खनाल, हुमाकुमारी डीसी, राजेश राई, सरोजकुमार रेग्मी  लगाएतका नेताहरु जाने भएका छन्।
 

कमेन्ट लोड गर्नुस