सुदूर नेपाललाई विश्वसँग जोड्दै

सितोरियो कराते संघ कैलालीमा नयाँ कार्यसमिति चयन

२०८० भदौ १५, ०१:४० खबर संवाददाता

धनगढीः नेपाल सितोरियो कराते संघ कैलालीका लागि नयाँ कार्यसमिति चयन भएको छ। आज धनगढीमा भएको जिल्ला अधिवेशनबाट ललित खत्रीको अध्यक्षतामा २१ कार्यसमिति सदस्य चयन भएको हो।

संघको उपाध्यक्षमा बालकुमार महतो, आशाराम चौधरी, अशोक शाह, डब्बर साउँद, सचिव बर्श साउँद, सह–सचिव राजेश चौधरी र कोषाध्यक्षमा सन्तोष लामिछाने चयन भएका छन्। त्यस्तै सदस्यमा राजेन्द्र चौधरी, लोकेश पार्की, दिनेश श्रेष्ठ, विष्णु डगौरा, सन्तोष विक तथा हरेन्द्र नाथ चयन भएका हुन्।

त्यस्तै सदस्यमै रकुसिराम चौधरी, दिनानाथ भण्डारी, गणेश कठरिया, देबी चौधरी र पुष्कर गुरुङ चयन भएका छन्। साथै संघले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि पहल शाही, उमा महतो, अमितप्रताव सिंह त्रैलोक्यनाथ पाण्डे गरी पाँच जनालाई प्रतिनिधि छनोट समेत गरेको छ।

कमेन्ट लोड गर्नुस