सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सवारी दुर्घटना, एक जना गम्भिर घाइते

२०८० भदौ १५, ११:३२ खबर संवाददाता

धनगढीः कैलालीमा सवारी दुर्घटना भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका- ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठ्क्कर दिँदा आज दुर्घटना भएको हो।

सुदूरपश्चिम यातायातको ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठ्क्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका छ्न्।

घाइते कटेलको लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लम्कीले बताएको छ। बस र चालक भजनी नगरपालिका ७ का २९ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  
 

कमेन्ट लोड गर्नुस