सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाल्यान्ड र बोनमती युईएफए वर्ष खेलाडी

२०८० भदौ १५, ०९:४७ खबर संवाददाता

काठमाडौं: म्यानचेष्टर सिटी फरवार्ड एर्लिङ हाल्यान्ड र बार्सिलोनाकी स्टार ऐटना बोनमती युईएफए पुरुष तथा महिला वर्ष उत्कृष्ट खेलाडी बनेका छन्। 

बिहीवार राति फ्रान्सको मोनाकोमा २०२२–२३ मा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाडीले आफ्ना विपक्षीलाई पछि पारेका हुन्।​ नर्वेजियन स्टाइरकर  हाल्यान्डले ५३ खेलमा ५२ गोल गर्दा सिटीले गत वर्ष ट्रेबल उपाधि जितेको थियो। सिटीले च्याम्पियन्स लिगसहित प्रिमियर लिग र एफए कपको उपाधि जितेको हो।

सिटी आएपछि हाल्यान्ड यो उपाधि जित्न सफल भए। उनले आफ्नै क्लबका केभिन डि ब्रुयना र इन्टर मियामीका लियोनल मेसीलाई पछि पारेका हुन्। विश्व विजेता मेसी पेरिस सेन्ट जर्मेनबाट यसै सिजन अमेरिका पुगेका थिए।

यता, बोनमतीको उत्कृष्ट प्रदर्शन प्रेरित स्पेनले अस्ट्रेलियामा सम्पन्न फिफा महिला  विश्वकपको ऐतिहासिक उपाधि  जितेको हो। यसैगरी बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जितेको थियो। बोनमतीले टिम सहयात्री अल्गा कार्मोनो र अस्ट्रेलिया कप्तान साम केरलाई पछि पारिन्। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उत्कृष्ट प्रशिक्षक पुरस्कार प्राप्त गरे। 

कमेन्ट लोड गर्नुस