सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु

२०८० भदौ १४, १०:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा सवारी दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ कनरीमा मोटरसाइकल दुर्घटनामा परेर बझाङका चक्रबहादुर बोहरा घाइने भएका थिए। मंगलवार राति कनरीबाट धनगढी आउदै गरेको सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकलमा सवार बोहरा दुर्घटनामा घाइते भएका थिए।

उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार ३५ वर्षीय बोहराको घर बझाङको केदारसियू गाउँपालिका वडा नम्बर ५ हो। मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको कैलाली प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस