सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश स्वरोजगार विद्येयकमा अर्थमन्त्रीको स्वार्थ बाझिएको आरोप

२०७६ वैशाख १०, ०७:३६ जनक विष्ट

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषमा सांसदहरुका मत बाझिएपछि छलफलले पूर्णता पाउन सकेको छैन्। गत फागुन २१ गते सरकारका तर्फबाट अर्थ मन्त्रालयले प्रदेशसभा बैठकमा पेश गरेको  विद्येयक दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाईएकोमा सांसदहरुबिच मत बाझिएको हो। सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले स्वगरोजगार विद्येयक दफा ७ को उपदफा १ मा असहमती जनाउदै संशोधनको माग गरेपनि अर्थमन्त्री झपट बोहोराले प्रस्ताव अस्वीकार गरिरहेको दावी गरिएको छ।

बैठकमा सहभागी राजपाका प्रदेशसभा सदस्य कृष्ण बहादुर चौधरीले दफा ७ को उपदफा १ को ब्ुदा संशोधन गर्न माग गर्दै सांसदहरुले गरेको प्रस्ताव अर्थमन्त्री बोहोराले सोझै अस्वीकार गरेको बताए। उक्त दफामा आर्थिक मामिला तथा योजना मन्त्रीको अध्यक्षतामा स्वरोजगार विकास कोष सञ्चालक समिति रहने व्यवस्था हटाएर मुख्यमन्त्री कायम गर्न माग गरिएपनि  अर्थमन्त्रीले अस्वीकार गर्दा बैठक निष्कर्षवीहिन भएको हो।  

यस्तै सांसदहरुले स्वरोजगार कोषमा लगानी गर्ने संयन्त्र निर्माणको बुँदामा समेत संशोधनको माग गरेका छन्। उनीहरुले विद्येयकमा सरकारी बैँकलाई प्राथमिकता दिईने कुरा उल्लेख गर्न प्रस्ताव गरेका छन्। यता अर्थमन्त्री झपट बोहोराले भने विद्येयक छलफलकै चरणमा रहेको दावी गरे। उनले सोमबारको बैठकमा मुख्यमन्त्रीले सञ्चालक समितिको अध्यक्ष रहनुपर्छ भन्ने कुरा नउठेको जिकिर गर्दै को अध्यक्ष रहने भन्ने विषयमा कुनै विवाद नै नरहेको दावी गरे।

तर नेकपाका एकजना प्रदेशसभा सदस्यका अनुसार पनि बैठकमा सांसदहरुले  संघिय सरकारमा प्रधानमन्त्रीको  नेतृत्वमा समिति रहेकाले प्रदेशमा समेत मुख्यमन्त्रीको अध्यक्षतामा स्वरोजगार विकास कोष समिति गठन गर्न गरिएको प्रस्ताव अर्थमन्त्रीले ठाडै अस्वीकार गरेको कुरा सत्य भएको बताएका छन्। विद्येयकमा सहमती नजुटेपछि आजको प्रदेशसभा बैठकमा पेश गर्ने भनिएपनि हुन सकेन। यस्तै सोही विषयमा सहमती जुटाउन सभामुख सहित नेकपाका सांसदहरुले अर्थमन्त्री बोहोरासंग अनौपचारिक छलफल गरेपनि उनले सोमबारकै अडान कायम राखेको स्रोतले बतायो।  उक्त विषयमा सहमती जुटाउन अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले भोली फेरी बैठक डाकेको छ।  
  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस