एसिया कपमा पाकिस्तानसँग नेपाल फराकिलो रनले पराजित

एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग फराकिलो रनले पराजय भोगेको छ। समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो।
३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो। नेपालका लागि सोमपाल कामीले सवार्धिक २८, आरिफ शेखले २६ रन बनाए। गुल्सन झाले १३ रन जोडे। पाकिस्तानका लागि सदाव खानले ४, हरिस राउफ र शाहिन शाह अफ्रिदीले २÷२ तथा मोहम्मद नवसज र नसिम शाहले १(१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो।


