सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८० भदौ १३, ०८:०२ खबर संवाददाता

काठमाडौँः  इलेक्ट्रोनिक भेपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए। ’अपराह्न अदालत ल्याइएको थियो, उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ,’ उनले भने। नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा अनुसन्धान हुने केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

बुधबार नै राहुल आफैंले सिआइबीकोमा जान लागेकोबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। ‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सिआइबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ उनले लेखेका थिए। इलेक्ट्रोनिक भेप प्रकरणमा कृष्ण बहादुर महरालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ।
No description available.

कमेन्ट लोड गर्नुस