पाकिस्तानद्धारा नेपाललाई ३४३ रनको लक्ष्य
कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ। मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले सुरुमा दबाबमा राखेका थिए।
२१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए। थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए। कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए। कप्तान बाबर आजमले पारी सम्हाले। उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे। उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए। थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए। सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए।
तर कप्तान बाबरले इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पु¥याए। दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे। ४१.२ ओभरमा करियरको १९औं शतक बनाएका आजमले ४७.६ ओभरमा १५० रन पुरा गरेका थिए। अर्को ओभरको अन्तिम बल खेल्नु अघि इफ्तिखारले पनि करियरको पहिलो शतक पुरा गरे। अन्तिम दुई बल खेल्नु अघि सोमपाल कामीले आजमको विकेट लिए। १३१ रन बनाएका उनले १५१ रन बनाए। त्यसक्रममा उनले १४ चौका र ४ छक्का हाने।
अन्तिम बलमा सोमपालले शदाब खानको विकेट लिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो। नेपालका सोमपाल कामीले २, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।