नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट
२०८० भदौ १३, ०५:१२
काठमाडौंः एसिया कपमा क्रिकेटको उद्घाटन खेलमा नेपालले तेस्रो सफलता पाएको छ। २३.४ ओभरमा दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका छन्। उनी ४४ रनमा आउट भएका हुन्।
यसअघी कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन्। त्यस्तै करण केसीले पहिलो विकेट लिएका थिए। करणले फखर जमानलाई आउट गरेका थिए। यो खबर तयार पार्दासम्म पाकिस्तानले २५.४ ओभर जाँदा १२० रन बनाएको छ।
कमेन्ट लोड गर्नुस