सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुल्यो अपि सैपाल खाना घर, एक सयमै शाकाहारी खाना

२०८० भदौ १३, १२:३७ खबर संवाददाता

धनगढीः धनगढीको अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको छ। बुधबारदेखि धनगढी रङ्गशाला अगाडि खुलेको खाना घरले शाकाहारी खाना एक सयमा खुवाउने छ। खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत उपलब्ध रहेको सञ्चालक रामबहादुर बोहराले बताए।

खाना घरसँगै क्याफेको उद्घाटन प्रदेश सभामुख भीमबहादुर भण्डारीले गरेका हुन्। बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए। खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुईवटा डाइनिङ हल रहेका छन्।

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ। होटल सञ्चालक बोहराले बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध हुने बताए। उनले स्कुल कलेज पढ्ने विद्यार्थी र अन्य कामकाजी व्यक्तिहरूलाई मध्यनजर गरेर एक सयमा शाकाहारी खाना उपलब्ध गराउने सोच बनाएको बताए।

कमेन्ट लोड गर्नुस