सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वस्तिक अस्पतालको बिरामी मृत्यु प्रकरणमाः अस्पताल र पिडितबीच सहमति जुट्यो

२०८० भदौ ११, ०८:३० खबर संवाददाता

धनगढीः  धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको लामो समयपछि अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ।

उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभरी उक्त अस्पतालमा तनाव भएको थियो। मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्यहोर्ने, काजक्रिया खर्च र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने गरी ३ बुँदे सहमति भएको छ।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो। उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्याधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ। यसअघि चौधरीको मृत्यु भएपछि आफन्त सघर्षमा उत्रिएका थिए। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको भन्दै आफन्त आक्रोसित बनेका थिए।
 

कमेन्ट लोड गर्नुस