सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकी ३२ वर्षीया उज्जलीले जन्माइन बाटोमै शिशु

२०८० भदौ ११, ०५:३९ खबर संवाददाता

बाजुराः बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्। बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी उज्जलीलाई सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी थिइन्। त्यसपछि स्वास्थ्यकर्मीले घर पठाएका थिए।

अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताएका थिए। तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन्।

घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले वताइन्। बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन्। अनमी सृजना सार्कीले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।

कमेन्ट लोड गर्नुस