सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पहुँचको भरमा टुक्राटाक्रे योजना छनौट गरी सडक कालोपत्रे

२०७६ वैशाख १०, ०४:४४ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाले दिगो विकासको अवधारणलाई वेवास्ता गरेको अरोप लागेको छ। उप–महानगरपालिकामा पहुँचका भरमा छनौट हुने योजनामा फजुल खर्च भईरहेको नगरबासीको अरोप छ। चालु आर्थिक वर्षमा सम्पन्न हुने अधिकासं योजना टुक्रे रहेका छन्। उप–महानगरपालिकाले धनगढी क्षेत्रमा मात्र दर्जन बढी योजना छनोट गरी निर्माण कार्य गरिरहेको छ। तर एउटै सडकमा पनि आधा मात्रै कालोपत्रे हुने अवस्था रहेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ तारानगरको पुरानो बालविहानी स्कुल देखी धनगढी दिपायल द्रुत मार्ग जोड्ने सडक आधा मात्रै कालोपत्रे गर्ने तयारी भइरहेको छ। कालोपत्रे नहुने भनिएको आधा सडक भत्किन सुरु भएको छ।

 तर उप–महानगरपालिकाले सोही सडक कालोपत्रे गर्ने तयारी गरेका बेला भत्किएको ठाउँमा मर्मत गर्ने योजना समेत बनाईएको छैन्। स्थानीयले भने सडक निर्माण गर्ने उद्देश्य नभई आर्थीक अनियमितता गर्न  सो  योजना पारिएको आरोप लगाएका छन् भने त्यसले दिगो विकासको अवधारणालाई नछोएको स्थानीय  पदम बोहराले बताए। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मट्यारीको भैरव बाबा विद्यालय देखि जालीको वासुदेवी मावीको पछाडीको गेट सम्म कालोपत्रेको योजना छ। सोही स्थानबाट वडा कार्यलय जोड्ने कालोपत्रे गर्न भने बजेट अभाव देखाईएको छ। वडा कार्यालयको पूर्वतीर कालोपत्रे सडक छ भने पश्चिमतीर भत्केको सडक मर्मत समेत हुन सकेको छैन्। 

उप–महानगरपालिकाका यस्तै टुक्राटाक्रे योजनाका कारण नगरबासी हैरान मात्र भएका छैनन् की जनप्रतिनिधिले कार्यकर्ता रिझाउनको लागि योजना छनौट गरेको धनगढीका स्थानीय डवल बोगटीले बताए। धनगढी उपमहानगरपालिकाका कालोपत्रेका दजनौँ योजनाको हालत यस्तै रहेको छ। कतिपय सडकहरुको बिचमा मात्रै कालोपत्रे गरी छोडिएको छ भने कतिपय सडकहरुको एकतर्फ कालोपत्रे भईरहेका छन। स्थानीयले जनप्रतिनिधीले जनताको हितमा भन्दा पनि कार्यकर्ता मुखी योजना बाडेपछि यस्तो स्थिती आएको बुझाई स्थानीयको रहेको छ। 

धनगढीमा अहिले उपमहानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाईले छुट्टाछुट्टै सडक पूर्वाधारका योजना कार्यान्वयन गरिरहेको छ। चलनचल्तीका सडकहरु वषौँदेखि क्षतविक्षत अवस्थामा रहेका बेला कर्मचारी र जनप्रतिनिधीका टोलका सडकहरु चिल्ला भएको देख्न सकिन्छ। तर उप–महानगरपालिकाले भने सडक पूर्वाधारका योजना कार्यान्वयनका लागि गतिलो संयन्त्र बनाउन नसकेको उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले बताए। 

नेतृत्वकर्तामा रहेको दुरदृष्टिको अभावले एउटै सडक तर कतै कालोपत्रे, कतै ग्रावेल त कतै खाल्डाखुल्डीमा हिड्नुपर्ने नियती नगरबासीको छ। सडक कालोपत्रेको यस्तो अवस्थाले गर्दा योजना छनोट र कार्य सम्पादनको आधारमा देशकै उत्कृट स्थानीय तह बनेको तथा स्र्मट सिटिको परिकल्पना गरिरहेको धनगढी उप–महानगरपालिकालाई विश्वास गर्न समेत मुस्कील भईरहेको छ । 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस