सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्नुस : प्रचण्ड

। फोटो स्रोत ।
२०७६ वैशाख १०, ०४:२८ खबर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्। अध्यक्ष दाहालले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासीरजनजाति समूदायलाई पनि सचेत गराएका छन्। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको पनि स्पष्ट पारे।

मंगलबार ललितपुरमा आयोजित आदिवासी र जनजातिहरुको अधिकार सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिवासी र जनजातिहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दबाब दिने गरी बृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता औंल्याए।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई  दबाब दिन जरुरी रहेको पनि बताए। उनले संविधानमा किटान गरिएको आदिवासी र जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिए पनि सो अनुसार काम हुन नसकेको पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको पनि बताए। 

कमेन्ट लोड गर्नुस