सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी विमान अष्ट्रेलियामा दुर्घटना हुदा तीन सैनिकको मृत्यु

२०८० भदौ १०, ०६:०३ खबर संवाददाता

एजेन्सीः  संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतबार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ।

उक्त दुर्घटनामा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको जनाइएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी थिए। अष्ट्रेलियाली प्रहरी दुर्घटनास्थलमा चालक दलका सदस्य तथा बाँकी घाइतेको उद्धारमा सक्रिय रहेको जनाइएको छ।

उक्त संयुक्त युद्धअभ्यासमा अमेरिका, अष्ट्रेलिया इन्डोनेसिया र फिलिपिन्सका हजारौँ सैनिकले भाग लिएका छन्। उत्तरी अष्ट्रेलिया पछिल्ला वर्षमा अमेरिकी सेनाका लागि महत्वपूर्ण रणनीतिक स्थान बनेको छ।
 

कमेन्ट लोड गर्नुस