सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिया विकास निगमको नयाँ उत्पादन ‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

२०८० भदौ १०, ०४:५७ खबर संवाददाता

काठमाण्डौँः नेपाल चिया विकास निगम लिमिटेडले केही समयअघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ।

कम्पनीका अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्ग सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी बजारमा ल्याएको हो।

आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ्गसहित इन्भेलपमा ८ वटा स्वादयुक्त फ्लेवर चिया टी बजारमा ल्याएको जनाएको छ। सो चिया भाटभटेनी, बीगमार्ट लगायत नेपालभरी चुनिएका प्रसिद्ध खुद्रा बिक्रेतामार्फत बजारमा ल्याएको कम्पनीले जनाएको छ। फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य एक सय ६० देखि दुई सय २५ रुपैयाँसम्म निर्धारण गरिएको छ।

कमेन्ट लोड गर्नुस