सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध काठ बरामद

२०८० भदौ १०, ०३:५७ खबर संवाददाता

धनगढीः  कैलालीमा आइतवार अवैध काठ बरामद गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका– १ मझेरा बमनगरबाट अवैध काठ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलिले लठुवा सामुदायिक वनको छेउमा लुकाएको अवस्थामा काठ वरामद गरेको हो।

अवैध सालको काठ १२ फिट २ वटा गोलिया, १४ फिट १ वटा गोलिया गरी जम्मा १२६.४७ क्यूफिट काठ बरामद गरेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। काठ आवश्यक कारबाहीका लागि सव डिविजन वन कार्यालय वसन्ताको जिम्मा लगाएको छ।
 

कमेन्ट लोड गर्नुस