सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० भदौ १०, १०:३६ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवपुरी धाममा रहेको कपडा बैंकलाई लाइन्स क्लव अफ धनगढी समृद्धिले एक सय थान कपडा सहयोग गरेको हो।

यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीका विक्रम टमटा र कमल टमटाले एक सय ३५ थान कपडा सहयोग गरेका छन्। बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नीजि लगानीमा बैंक सञ्चालनमा रहेको छ।
 

कमेन्ट लोड गर्नुस