गौहत्या विरुद्ध राप्रपाद्धारा टिकापुरमा प्रदर्शन

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले टीकापुरमा प्रदर्शन गरेको छ।
शनिवार गौहत्याविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको प्रदर्शनमा उनीहरूले गौ हत्या कार्य बन्द गर्नुपर्ने माग राखेका छन्। ‘गौ हत्या बन्द गर’, ‘हिन्दू राष्ट्र जिन्दाबाद’, ‘दोषीलाई कारबाही गर’ लगायतका प्ले कार्ड सहित उनीहरूले प्रदर्शन गरेका हुन्।
विरोध र्यालीमा विभिन्न प्ले कार्ड सहित स्थानीयले समेत समर्थन गर्दै प्रदर्शन गरेका थिए। धरानमा गोरु काटेर खाएको विषयमा कैलालीका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता तथा हिन्दुधर्मालम्बीहरुले आन्दोलन गरेका हुन्।
गाई जनावरमात्रै नभएर हिन्दुहरुको आस्थाको केन्द्र र संविधानले चिनेको राष्ट्रिय जनावर भएको बताउँदै उनीहरुले गौहत्या बन्द हुनुपर्ने र उक्त कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनु्पर्ने माग राखेका छन्।

