सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिनदेखि अवरुद्ध सिलगढी–झिग्राना सडक खुलाउन सुरु 

२०८० भदौ ९, ०४:२५ खबर संवाददाता

डोटीः  सिलगढी–झिग्राना जोड्ने अवरुद्ध रहेको सडक शनिवार खुलाउने काम सुरु भएको छ।।

डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक लगातारको वर्षका कारण पहिरो आएपछि चार दिनदेखी अवरुद्ध सडक खुलाउने कार्य सुरु भएको हो। बुधबार बिहान आएको पहिरोका कारण बाटे ओखर भन्ने ठाउँमा सडकमाथिबाट ठुलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो।

पहिरोले अवरुद्ध बनेको सडक शनिबार बिहानै देखी पहिरो हटाउने काम भएको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्राविधिक अन्जु कुँवरले बताइन्। उनले पानी परिरहेको अवस्थामा सडक मर्मत गर्न नसकीएको र मौसममा सुधार आएपछि आज शनिबार बिहानैबाट अबरोध हटाउनका लागी जेसिभिले काम सुरु गरेको बताइन्।
 

कमेन्ट लोड गर्नुस