सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अबैध सामानसहित ट्रक र चालक पक्राउ

२०८० भदौ ९, १२:४८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट अबैध सामानसहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याएका सामानसहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो। शुक्रबार करिब एक लाख ८४ हजार मूल्य बराबरका चिनी, सलाई, छोहरालगायतका अबै सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बाणीको संयुक्त गस्ती टोलीले अबैध सामान नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शुक्रबार नै बेलौरी नगरपालिका–६ बैसाखा र भीमदत्त नगरपालिका–४ भासीबाट पनि करिब ६५ हजार मूल्य बराबरका अबैध माछा, खेलौना, युरिया, चिनी, दाल, सुर्ती, चप्पललगायतका सामान वरामद गरिएको छ।

कमेन्ट लोड गर्नुस