सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाद्वारा नदीजन्य पदार्थ बिक्री बितरणको लागि ठेक्का आह्वान

२०८० भदौ ८, ०४:५१ खबर संवाददाता

धनगढीः  गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ।

आर्थिक बर्ष २०८० –८१ को लागि भदौ ६ गते एक सुचना मार्फत बोलपत्र आह्वान गरेको हो। नगरपालिका भित्र पर्ने मुख्य नदी खुटियाको लागि न्युनतम रकम ८ करोड ८६ लाख ७ हजार ७२८ रुपैयाँ कायम गरिएको छ। जसका लागि धरौटी रकम भने ४९ लाख ५० हजार कायम गरिएको छ। ठेकेदार कम्पनीले ठेक्का परेपछि तीन चरणमा नगरपालिकालाई रकम बुझाउनु पर्ने सुचनामा उल्लेख छ।

खुटियाबाट नदीजन्य पदार्थ उठाउन १० वटा साइट समेत निर्धारण गरिएको छ। यस्तै नगरपालिका भित्र पर्ने अन्य दुई नदीहरु गोदावरी र खैरानाको लागि पनि बोलपत्र आह्वान गरिएको छ। दुबै नदीमा नदीजन्य पदार्थ उठाउन न्युनतम रकम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ कायम गरेको छ।
khutiya1692946154.png

godawari - khairana1692946176.png

कमेन्ट लोड गर्नुस