सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट साढे दुई लाख मुल्यका अवैध सामान बरामद

२०८० भदौ ८, ०४:४३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट साढे दुई लाख मुल्य बराबरका अवैध सामान बरामद गरिएको छ। प्रहरीले दुबै जिल्लाका विभिन्न स्थानबाट दुई लाख लाख ६० हजारभन्दा बढी मूल्यका भन्सार छलीका सामान प्रहरीले वरामद गरेको हो।

बिहीबार धनगढीका तीन र कञ्चनपुरको एक स्थानबाट बेवारिसे अवस्थामा भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ र ८ बाट दुई लाख १४ हजार रुपैयाँ बराबरका साडी, सुट, श्रृङ्गारका सामानलगायत बरामद गरिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब २६ हजार मुल्य बराबरका लेडिज सुट, साडीलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरको पुनर्वास–११ डोकेबजारबाट प्रहरीले ७ हजार पाँच सयका सामान र शुक्रबार बिहान १० हजार मूल्य बराबरका अबैध ब्रोइलर कुखुरा तथा एक थान साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस