सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी स्कुलकी शिक्षिका मृत फेला, प्रेमी पक्राउ

२०८० भदौ ८, ०४:२१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छिन्। विहिबार धनगढी उपमहानगरपालिका–३ चटकपुरमा २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन्। दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिका धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन।

घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए।

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन्। मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा थिए। कोट्टारी विवाहित हुन्। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए।

कमेन्ट लोड गर्नुस