सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीको महाधिवेशन माघ १४ बाट सुरु हुने

२०८० भदौ ७, ०७:३९ खबर संवाददाता

काठमाडौँः  नेकपा एकीकृत समाजवादीले बिहीवार महाधिवेशनको मिति तोकेको छ। सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

उनले उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनेका छन्। जबकि उक्त पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो। त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।

अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ। बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ। कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतया संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यहरुको जिम्मेवारी पनि तोक्ने सो पार्टीले जनाएको छ।

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस