सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरा पर्वलाई राष्ट्रिय पर्व बनाउँने प्रधानमन्त्री प्रचण्डको घोषणा

२०८० भदौ ७, ०७:२० खबर संवाददाता

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार गौरा पर्वको अवसरमा गौरालाई राष्ट्रिय पर्व घोषणा गरी बिदा दिने बताएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका थिए।

विशेषगरी सुदूरपश्चिममा गौरा भाद्र शुक्लपक्ष पञ्चमीमा बिरुडा राखेर सुरु हुन्छ। उक्त दिन घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ।
 

कमेन्ट लोड गर्नुस