सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

२०८० भदौ ७, ०१:४० खबर संवाददाता

धनगढीः महाकाली नदीको पानीले सतर्कता तह पार गरेको छ। महाकाली नदी डडेल्धुराको परिगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो।

महाकाली नदीको जलसतह ५ दशमलव ८० मिटर पुगेका सतर्कता तह मानिन्छ। बिहिवार दिउँसो महाकाली नदीको जलसतह ५ दशमलव ८३ मिटर मापन गरिएको छ। महाकाली नदीको जलसतह ७ मिटर पुगेमा खतरा हुन्छ। सरकारले महाकालीको तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन भनेको छ।

डडेल्धुरा र कञ्चनपुरका नदी किनार तथा डुबान हुने क्षेत्रका नागरिकलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले भनेको हो। 

कमेन्ट लोड गर्नुस