नगरप्रमुख हमालले निजी रकमबाट ३४८९ विद्यार्थीलाई बाढे शैक्षिक सामाग्री

धनगढीः कैलालीस्थित धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन्। नगर प्रमुख हमालले पारिश्रमिकको रकबाट शैक्षिक सामाग्री खरिद गरेर हस्तान्तरण गरेका हुन्।
शैक्षिक सत्र २०७९ मा कक्षा ८ को अन्तिम परिक्षामा शून्य नतिजा आएका १७ वटा विद्यालयका तीन हजार चार सय ८९ विद्यार्थीलाई नगर प्रमुख हमालले कपि, पेन्सिल, कटर र इरेजर दिएका हुन्। उनले २०८० सालको हालसम्मको सेवा सुविधाबाट प्राप्त रकम र झण्डै एक लाख थप गरेर नौ लाख ९२ हजार ६ सय २० रुपैयाँका शैक्षिक सामाग्री सहयोग गरेका हुन्।
उपमहानगरपालिकाको कार्यालयमा बिहीवार एक कार्यक्रम गर्दै नगर प्रमुख हमालले विद्यालयका प्राधानाध्यापकहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्। सरस्वती आधारभूत विद्यालय धनगढी–१ का ३४२, नवज्योति आवि धनगढी–१३ का ३३५ विद्यार्थी, जनता राष्ट्रिय मावि धनगढी–१३ का ७४ विद्यार्थी, भैरवबाबा आवि धनगढी–६ का १२६ विद्यार्थी, सरस्वती आवि धनगढी–९ का १६५ विद्यार्थी, शिव मावि धनगढी–७ का २०८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ।
यस्तै, भानु मावि धनगढी–१७ का ४०६ विद्यार्थी, सज्जन मावि धनगढी–१७ का २७५ विद्यार्थी, दिपेन्द्र चारपाते मावि धनगढी–१६ का ८४ विद्यार्थी, शिवशंकर आवि धनगढी–१७ का ६७ विद्यार्थी, सिद्धार्थ आवि धनगढी १४ का १४७ विद्यार्थी, खप्तडी आवि धनगढी–१८ का ३८ विद्यार्थी, ईन्द्रोलय आवि धनगढी १८ का १८७ विद्यार्थी, फूलबारी आवि धनगढी–१९ का ३४३ विद्यार्थी, नवदुर्गा आवि धनगढी–१२ का २३८ विद्यार्थी, दुर्गा आवि धनगढी–१२ का १३६ विद्यार्थी र जनकल्याण मावि धनगढी–१० का ३१८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो।
शैक्षिक सामाग्री सहयोग गर्दै नगर प्रमुख हमालले विद्यालयका शिक्षकहरुलाई अध्यापनमा मात्र ध्यान दिन निर्देशन दिएका छन्। उनले विद्यालयका पूर्वाधार, शैक्षिक सामाग्री, टेबुल, बेन्चहरु उपमहानगरपालिकाले उपलब्ध गराउने दाबी गरेका छन्। उनले भने, ‘पढाउने तपाइहरुले हो। मेयरले पढाउने होइन, वडा अध्यक्षहरुले पढाउने होइन। धनगढीका सरकारी विद्यालयको पढाइ राम्रो हुनु पर्यो। तपाईहरुले गरेर देखाउनु पर्यो।’
धनगढी उपमहानगरपालिकाका छात्रा र दलित समुदायका विद्यार्थीहरुलाई शैक्षि सामाग्रीसँगै विद्यालयका पोशाकसमेत उपमहानगरपालिकाले सहयोग नगर प्रमुख हमालले बताए। मेयर शिक्षा सुधार कोष स्थापना गर्ने र विद्यालयको सबै क्षेत्रमा सहयोग गर्ने उनले बताएका हुन्। धनगढी उप–महानगरपालिकाका पाँच वटा नमुना विद्यालय चालु आर्थिक वर्षमा तयार हुने उनले बताएका छन्। नमुना विद्यालयहरमा अग्रेजी माध्याममा अध्यापन हुने उनले बताए।



