सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीपविरुद्धको मुद्दाको पेशी आइतवारका लागि तोकियो

२०८० भदौ ७, ०८:४२ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी यही भदौ १० गते आइतवारका लागि तोकिएको छ। सोहीदिन उनको फैसलाको अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ।

सफाइ पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारी सन्दीपले गरेको उनका अधिवक्ताले बताए। 

एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ। अदालतले आइतवारका लागि पुन अन्तिम पेशी तोकेको हो।

कमेन्ट लोड गर्नुस