सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकराज पाण्डे (आगो) र कार्कीको कारबाही फुकुवा

२०८० भदौ ६, ०६:२३ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीको कारबाही फुकुवा गरेको छ। कैलालीको गेटामा निर्माणाधिन स्वास्थ्य विद्यालयको मुद्दा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वविरुद्ध बोलेको भन्दै यसअघि साधार सदस्य समेत नरहने गरी निस्कासन गरिएको थियो।

आगो कांग्रेसको जिल्ला सदस्य, क्षेत्रीय प्रतिनिधि, श्रम विभागलगागत विभिन्न पदमा बसिसकेका व्यक्ति हुन्। अहिले पनि पार्टीको भातृ संगठन दरुण दलको सदस्य रहेका छन्। पार्टीले उनलाई लेखेको पत्रमा जिल्ला कार्यसमितिले महत्वपूर्ण पदीय जिम्मेवारीमा बसेर पार्टी हितको बर्खिलाप सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको जनाएको थियो।

पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमितिले जनाएको थियो। उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको थियो।

यस्तै, पार्टीले क्षेत्र नम्बर ४ का क्षेत्रीय प्रतिनिधि सुरतबहादुर कार्कीलाई समेत कारबाही गरेको थियो। यस विषयमा कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले असमति जनाएका थिए। उनले फेसबुकमै लेखेर भनेका थिए, ‘यो निर्णयमा मेरो सहमति छैन। यो विषयमा मलगायत जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति र पदाधिकारी कसैसँग पनि सल्लाह भएको छैन।

बिनासल्लाह, बिनाआधार, बिनाप्रमाण र बिनातथ्य कसैसँग पूर्वाग्रह राखेर गरिने निर्णय पार्टीको निर्णय मानिने छैन।’ आज उनै पाण्डे र कार्कीलाई कारबाही फुकुवा गरिएको भन्दै नेपाली काँग्रेस प्रदेश कार्य समितिको कार्यालय धनगढीले विज्ञप्ति नै जारी गरेको छ।

कमेन्ट लोड गर्नुस