सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

२०८० भदौ ६, १०:४७ खबर संवाददाता

काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने तय भएको छ। 

मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यसअघि प्रतिनिधिसभा बैठक मंगलबार अपराह्न ३ बजेका लागि राखिएको थियो।
 
सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

कमेन्ट लोड गर्नुस