सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आज कुवेतसँग खेल्दै

२०८० भदौ ६, ०९:१५ खबर संवाददाता

काठमाडौं: मलेसियामा जारी टी–ट्वान्टी शृंखला अन्तर्गत आज नेपाली महिला क्रिकेट टिमले कुवतेसँग खेल्दैछ। मलेसियाको बायोमास क्रिकेट मैदानमा मध्याह्न पौने १२ बजे सुरु हुनेछ।

प्रतियोगितामा विजयी सुरुवात गरेको नेपालले मंगलबार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो।

कुवेत पहिलो खेलमा मलेसियासँग हार बेहोर्दै नेपालविरुद्ध मैदान उत्रन लागेको हो। मेलसियासँग कुवेत ८ विकेटले पराजित भएको थियो। आजै हुने पहिलो खेलमा मलेसिया र हङकङ आमनेसामने हुँदैछन्।

यी चार टिमले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यासका लागि सिरिज खेलिरहेका हुन्। यो सिरिजलाई आईसीसीले टी–ट्वान्टी आईको मान्यता दिएको छ। सिरिजमा सम्मिलित चार टिममध्ये उत्कृष्ट दुई टिमले फाइनल खेल्ने छन् ।

कमेन्ट लोड गर्नुस