सुदूर नेपाललाई विश्वसँग जोड्दै

टुक्रा टाक्रे योजना छनौट गर्ने प्रवृत्ति हटाउनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

२०७६ वैशाख ९, ०७:१८ खबर संवाददाता

पूर्व अर्थ मन्त्री एव्म नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डले  टुक्राटाक्रे योजनाका कारण आर्थिक प्रगती हासिल गर्न नसकिएको बताएका छन्। अगामी आर्थिक वर्ष २०७६÷७७ को योजना तर्जुका लागि सरोकारवाला निकायसंगको छलफलका क्रममा सुदूरपश्चिम आएका पूर्वमन्त्री पाण्डेले टुक्राटाक्रे योजना कार्यान्वयन गर्ने परिपाटीकै कारण पुँजीगत बजेट खर्च हुन नसकेको बताएका हुन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री पाण्डेले अहिले प्रदेश र स्थानीय तहमा स–साना योजना धेरै भएपनि आर्थिक प्रगती कम देखिएको बताए तर रणनीतिक महत्वका योजना कम हुदा र भएकामा समेत खर्च नहुदा कम प्रगती देखिएको बताए। उनले नेपालमा मुख्य सडक हिलाम्मे भएपनि टुक्रे योजनामा पारी भित्रि सडक कालोपत्रे गर्ने परिपाटी रहेकोमा त्यसलाई अन्त्य गर्नु आजको आवश्यकता भएको पनि बताए। 
  
 

कमेन्ट लोड गर्नुस