सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक कैलालीको कमाण्ड सम्हाल्न मल्ल आए, जोहारिको बिदाई

२०८० भदौ ५, ०९:३६ खबर संवाददाता

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रहरी निरीक्षक दिपक मल्ल सरुवा भएर आएका छन्। इन्स्पेक्टर मल्लले सोमवारदेखि कैलाली ट्राफिक कमाण्डको जिम्मेवारी सम्हालेका हुन्।

कार्यालयमा काजमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन्। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए। जोहारीको ईलाका प्रहरी कार्यालय कमलबजार अछाममा सरुवा भएको छ।
 

कमेन्ट लोड गर्नुस