सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हरियाली अभियानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साथ

२०८० भदौ ४, ०४:५१ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैँंक धनगढी शाखाले सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली कार्यक्रमलाइ साथ दिदैँ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सुदुरपश्चिम प्रदेशका प्रमुख मेघराज पोख्रेल र धनगढी शाखा प्रमुख रबिन्द्र शाहीले २० वटा  बिरुवा बराबर एक लाख  रुपैयाँको चेक सोमवार मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन्।

दोस्रो चरणको ‘हरित धनगढी’ अभियान अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेका छन्। धनगढी उपमहानगरपालिकाले अघि सारेको हरित धनगढी अभियानमा साथ दिने व्यक्ति तथा संघसंस्थाको सहभागिता बढ्दै गएको छ। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर बिरुवा रोप्न थालेको छ। उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो।

धनगढी उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन कोष समेत स्थापना गरेको छ। यसका लागि धनगढी उपमहानगरापलिकाले ४१७०१००३०५०१०००२ खाता नम्बर समेत सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस