सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आजबाट गौरापर्व शुरु

२०८० भदौ ४, ०२:०४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आजबाट गौरा पर्व सुरु भएको छ। सुदूरपश्चिमेलीहरुको मुख्य चाड मध्येको एक गौरा पर्व आज विरुडा भिजाएसँगै सुरु भएको हो।

पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ।

यो बर्ष ज्योतिषहरुबिच विवादका कारण गौरा पर्व दुई दिन मनाईदै छ। केही ठाउँमा भदौ ७ गते गौरा पर्व मनाउने र केही ठाउँमा भदौ २१ गते गौरा पर्व मनाईने भएको छ। भदौ ७ गते गौरा पर्व मनाउनेले आज विरुडा भिजाएर गौरापर्व शुरु गरेका छन। गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन छ।

कमेन्ट लोड गर्नुस