सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानमा लैजान्छौँ: शिक्षा मन्त्री पोखरेल

२०७६ वैशाख ९, ०४:२५ खबर संवाददाता

शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले गेटा मेडिकल कलेज नयाँ ढंगबाट लैजाने तयारी भएको बताएका छन्। पोखरेलले मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा विकास गरिने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले गेटा मेडिकल कलेज निर्माणको काम तिव्र गतिमा अगाडी बढेको भन्दै चाडै प्रतिष्ठानमा लैजाने बताए।

उनले गेटा र सुर्खेत, वर्दीवास लगायतका  मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर नयाँ ढंगले लैजाने तयारीमा सरकार लागेको जानकारी दिए। सुदूरपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्ने प्रक्रियामा समेत सरकार लागेको मन्त्री पोखरेलको भनाई थियो भने कैलाली र कञ्चनपुरले शिक्षामा नेतृत्वदायी भुमिका खेल्नुपर्ने  विचार पनि उनले व्यक्त गरे।

सरकारले अघि बढाएको विद्यार्थी भर्ना अभियानका सन्र्दभमा बोल्दै मन्त्री पोखरेलले सरकारले एक सय २६ पालिकाहरुलाई स्कुल बाहिर बालबालिका छैनन् भनी घोषणा गरिसकेको पनि जानकारी दिए। स्थानीय पालिकाहरुले शिक्षाको गुणस्तर सुधारमा नेतृत्वदायी भुमिका खेल्नुपर्ने भन्दै उनले त्यसका लागि भर्ना अभियान र साक्षरता अभियानलाई तिव्रता दिन आवश्यक रहेको बताए।        
    
 

कमेन्ट लोड गर्नुस