सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नन्दिनाज स्कुलका खेलाडी चकबल च्याम्पियनसिपमा तेस्रो र चौथो

२०८० भदौ ३, ०३:४१ खबर संवाददाता

धनगढीः ताइवानमा भएको दोस्रो एसिया प्रशान्त चकबल च्याम्पियनसिपमा धनगढीको नन्दिनाज एकेडेमीमा अध्ययनरत विद्यार्थीले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा भएको दोस्रो एसिया प्रशान्त  बिच चकबल  च्याम्पियनसिपमा छात्रा टोलीले तेस्रो र छात्र टोलीले चौथो स्थान हासिल गरेका हुन्।

ताइपेइमा भएको खेलमा भाग लिन नन्दिनाज स्कुलबाट १५ वर्षमुनिका १२ जना खेलाडीको टोली ताइवान गएको थियो। नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग आफ्नो विद्यालयला खेलाडीहरूको खेल प्रदर्शन राम्रो विद्यालयका प्रवन्ध निर्देश एवं टोलीका व्यवस्थापक महेश विष्टले बताए।

खेलाडीहरूले अन्तर्राष्ट्रिय एक्सपोजर पाएकाले आगामी दिनमा खेलमा सुधार हुने अपेक्षा बिष्टको छ। आइतबार सम्पन्न भएको खेलपछि विद्यार्थीहरूले ताइपेइका विद्यालय र खेलकुद एकेडेमीको भ्रमण पश्चात् एक दिने सिङ्गापुर भ्रमण गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

शुक्रवारदेखि तीन दिनसम्न भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन रोजन शाही, अनिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतिकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स एसके, वर्षा बिष्ट, निर्मला भट्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्टको टोली ताइवान गएको हो।

कमेन्ट लोड गर्नुस