सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

२०८० भदौ ३, ०२:४३ खबर संवाददाता

धनगढीः कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु हो।

धनगढी उपमहानगरपालिका–१२ सी गाँउका ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरको शौचालयमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कैलारी गाउँपालिका–९ बनकनरीका ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस