सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका वडाध्यक्ष माथि आक्रमण गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो

२०८० भदौ १, ०८:५७ खबर संवाददाता

कञ्चनपुरः  राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर घटनाका दोषी दुई केन्द्रीय सदस्यसहित चारजनालाई कारबाही गरेको छ।

गत साउन २७ मा संघको दशौं कञ्चनपुर जिल्ला अधिवेशनमा अनुशासन विपरित काम गरेको अभियोगमा केन्द्रीय सदस्यहरु केशव चन्द, रोहितजंग कुँवर, केन्द्रीय लेखा आयोगका सचिव प्रविन बोगटी र नविन चन्दलाई कारबाही गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताए।

अधिवेशनमा संघका निर्वाचन आयोग प्रमुख बलराम वेल्वासेमाथि हातपात गर्नुका साथै भिमदत्त–१८ का वडाध्यक्ष तथा एमाले जिल्ला सदस्य रविन्द्र देवकोटामाथि ज्यानमार्ने अभिप्रायका साथ सांघातिक आक्रमणमा उनीहरु संलग्न रहेको पुष्टि भएको पनि पौडेलले बताए। घटनाका विषयमा उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ चित्तबुझ्दो नभएको, भौतिक आक्रमणमा संलग्न देखिएको र एमाले केन्द्रीय कार्यादलले निकालेको निष्कर्षका आधारमा साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको महासचिव सुमन पुरीले जारी गरेको विज्ञप्तिमा उललेख गरेको छ।

कमेन्ट लोड गर्नुस