सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

२०८० भदौ १, ०६:१४ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–४ अस्नेरीबाट १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका–२ बन्दिपुरका २९ वर्षीय अशोक थापा मगर पक्राउ परेका हुन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस