डडेल्धुरामा मादकपदार्थ सेवन गरेका युवाबाट वडा सदस्य कुटिए

डडेल्धुराः डडेल्धुरामा मादकपदार्थ सेवन गरेका युवाले वडा सदस्यमाथि कुटपिट गरेका छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य नरबहादुर बोहरामाथि गएराति तीन जनाको समूहले आक्रमण गरेको हो। वडा सदस्य बोहरालाई मोटरसाइकलको हेल्मेटले युवाहरुले कुटेका हुन।
गाउँपालिकाको वडा नम्बर ४ जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बोहरामाथि सोही ठाउँका युवाले आक्रमण गरेका वडा अध्यक्ष धनबहादुर देउवाले बताए। उनको टोउको र हातमा चोट लागेको छ। कटौजीका भरत रावत, टेक खड्का र जनक विष्टले आक्रमण गरेका र घटनामा मिलापत्र गरिएको वडा अध्यक्ष देउवाले बताए।



