सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौसम परिवर्तनसंगै बैतडीमा बिरामीहरुको चाप बढ्यो

। फोटो स्रोत ।
२०७६ वैशाख ९, ०१:१३ खबर संवाददाता

मौसममा आएको परिवर्तनसंगै बैतडीका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ। जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका हेल्थ असिष्टेन्ट खेमराज भट्टले जानकारी दिए। मौसमी ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका बिरामीको संख्या बढेको उनले बताए। उनले यी रोगबाट अन्यको तुलनामा बालबालिकाहरु बढी प्रभावित भएको समेत बताए। अस्पतालमा दैनिक एक सयको हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिए। 

यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले जानकारी दिए। पहिलाको तुलनामा आजभोली ज्वरो, झाडापाखाला लगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए। मेलौली नगरपालिकाले औषधिका लागि टेण्डर आह्वान गर्न नसक्दा औषधिको अभाव भएको दयालले बताए।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निशुल्क रुपमा वितरण गर्ने भएपनि आधा औषधि पनि नभएको उनले बताए।  केन्द्रमा औषधि नहुँदा बिरामीहरु मर्कामा परेका छन्। मौसम परिवर्तन भएसंगै स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने भएकाले खानपीनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाईमा रहनुपर्ने कुरामा ध्यान दिनुपर्ने उनीहरुको भनाई छ। 

कमेन्ट लोड गर्नुस