सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामकुमारी झाँक्री एमालेमा फर्किने चर्चा

२०८० साउन ३२, ०५:५६ खबर संवाददाता

काठमाडौंः  नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ।

बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो। नेकपा एसकी सचिव समेत रहेकी झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’ एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। उनी एमाले फर्किन लागेको पनि चर्चा छ।

झाँक्रीले केन्द्रीय सचिवजस्तो जिम्मेवारी पाउँदासमेत पार्टी निर्माणको काममा नलागेको भन्दै अध्यक्ष नेपालसहित नेतृत्वपंक्ति पनि सन्तुष्ट छैन। पछिल्लो समय नेकपा एसका नेताहरु एमालेमा फर्किने क्रम बढिरहेको बेलामा नेता भट्टराई र झाँक्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
 

कमेन्ट लोड गर्नुस