आज १२ बजेदेखि भीमदत्त राजमार्ग अवरुद्ध हुने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/1691905578-chbkI-1_0.jpg?itok=ZQssL7s7)
धनगढीः आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको भावर बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।
गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको थियो। धेरै प्रयासपछी सोमवार मात्रै एकतर्फी सडक खुलाइएको थियो।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)