सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हेलो सिएम सम्बन्धी अन्तरक्रिया कार्यक्रम

२०८० साउन ३१, ०८:०७ खबर संवाददाता

धनगढीः  कैलालीमा हेलो सिएम  कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ।

अवार्ड नेपालको आयोजनामा जनताका गुनासा लाई प्रविधी मार्फत सरकार संग जोड्न उक्त कार्यक्रम लाई निरन्तरता दिईने भएको हो। कार्यक्रममा विभिन्न संघ, संस्था , खेलाडी, मन्त्रालय तथा उपमहानगरपालिका प्रतिनीधी र आम सर्वसाधरणको सहभागिता रहेको थियो। कार्यक्रममा हेलो सिएम र उपमहानगर भित्र सञ्चालनहुने हेल्लो मेयर एप सम्बन्धी छलफल गरिएको हो।

जनताका गुनासो सुन्नलाई कार्यक्रमको थालनी गरेको तत्कालिन प्रदेश सरकारले हेलो सिएम कार्यक्रम लाई प्रभावकार िबनाउन नसकेको आम जनमानसको गुनासो छ। सरकारले जनताको गुनासाको सम्बोधन गर्न आफै सुरु गर्नु पर्ने भएतापनि युएन डिपिको आर्थिक सहयोगमा अवार्ड नेपालले उक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनगुनासो लाई प्रवावकारी ढङ्गबाट प्रदेश सरकार संग पुर्यान भुुमिका खेल्नु पर्ने कार्यक्रमका सहभागीहरुको भनाई रहेको थियो।
 

कमेन्ट लोड गर्नुस