सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको आन्तरिक आम्दानी दुई करोड १४ लाखले घट्यो

२०८० साउन ३१, ०२:१४ कमल सावद

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आम्दानी २ करोड १४ लाखले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा १२ करोड सात लाख १६ हजार पाँच सय ९९ रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल नगरपालिकाले गत आर्थिक वर्षमा भने ९ करोड ९२ लाख २१ हजार ८ सय एक रुपैयाँ मात्र संकलन गर्न सफल देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा गोदावरी नगरपालिकाले ८ करोड ११ लाख तीन हजार ६२८ रुपैयाँ राजश्व संकलन गरेको थियो। गत आर्थिक वर्षमा एकीकृत सम्पत्ती कर शिर्षकमा ३० लाख ६१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४१ लाख ८६ हजार ८६५ रुपैयाँ थियो। आर्थिक वर्ष २०७७/७८ मा एकीकृत सम्पत्ती करबाट ५६ लाख १७ हजार ९८४ रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा भूमि तथा मालपोत करबाट ८७ लाख ७७ हजार १२ रुपैयाँ राजश्व संकलन भएको छ। २०७८/७९ मा ७७ लाख ३६ हजार ५६ रुपैयाँ र २०७७/७८ मा ९३ लाख ६१ हजार १६८ रुपैयाँ राजश्व संकलन भएको थियो। गत आर्थिक वर्षमा वहाल करबाट ९८ लाख ७१ हजार ६ सय ७७ रुपैयाँ संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा ७७ लाख ९१ हजार ४७० रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख २४ हजार २४८ रुपैयाँ संकलन भएको थियो।

नगरपालिकाले गत वर्ष अन्य करबाट ४६ लाख ५५ हजार संकलन गरेको छ। २०७८/७९ मा यस्तो शिर्षकको आम्दानी ६४ लाख ३५ हजार ९८० रुपैयाँ र २०७७/७८ मा ४० लाख २५ हजार तीन सय पाँच रुपैयाँ थियो। गत वर्ष सरकारी सम्पत्तीको वहालबाट पाँच लाख ५७ हजार दुई सय ९८, अघिल्लो आर्थिक वर्षमा ८ लाख ४४ हजार ६ सय ६० र आर्थिक वर्ष २०७७/७८ मा ३१ लाख ५२ हजार २५७ रुपैयाँ कर संकलन भएको छ। 

त्यस्तै सरकारी सम्पती बिक्रीबाट गत वर्ष ५४ हजार ३० रुपैयाँ संकलन भएको छ। २०७८/७९ मा १० हजार र २०७७/७८ मा एक लाख ३६ हजार १० रुपैयाँ सरकारी सम्पत्ती बिक्रीबाट राजश्व संकलन भएको नगरपालिकाका तथ्यांक छ। अन्य सेवा शुल्क तथा बिक्रीबाट गत आर्थिक वर्षमा तीन करोड ८८ लाख ५७ हजार ३८० रुपैयाँ संकलन गरेको छ। अघिल्ला आर्थिक वर्षमा ६ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ र २०७७/७८ मा २ करोड ९३ लाख ८६ हजार १३६ रुपैयाँ संकलन भएको थियो।

त्यस्तै परिक्षा शुल्कबाट गत आर्थिक वर्षमा २३ हजार सात सयर २०७८/७९ मा चार लाख ७७ हजार सात सय संकलन भएको छ। नक्सापासबाट ४४ लाख ३५ हजार ३१३ रुपैयाँ गत आर्थिक वर्षमा राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा नक्सापासबाट २१ लाख ९० हजार ६ सय ७९ रुपैयाँ र २०७७/७८ मा २१ लाख ८५ हजार २ सय १७ रुपैयाँ राजश्व उठेको नगरपालिकाले जनाएको छ।

त्यस्तै गत आर्थिक वर्षमा सिफारिस दस्तुरबाट ४३ लाख ५५ हजार १२३, अघिल्लो आर्थिक वर्षमा ५० लाख ७२ हजार १९४ र २०७७/७८ मा ४६ लाख ६७ हजार ३१५ रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै व्यक्तिगत घटना दर्ताबाट आठ लाख ५५ हजार ६ सय ६०, २०७८/७९ मा ११ लाख एक हजार दुई सय र २०७७/७८ मा लाख ६७ हजार ३१५ रुपैयाँ राजश्व उठेको छ। गत वर्ष व्यवसाय करबाट ५४ लाख ६३ हजार १४५ रुपैयाँ राजश्व संकलन भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस